भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि कंगनाविरुद्ध उजुरी

Spread the love

मुम्बई, कात्तिक २६ (ई-रैवार) 

 अभिनेत्री कंगना रनावतविरुद्ध राष्ट्रिय कार्यकारी सदस्य प्रीति शर्मा मेननले मुम्बईमा उजुरी दर्ता गराएकी छन् । हालै कंगनाले भारतीय स्वतन्त्रतालाई ‘भीख’ भनेपछि उनी विवादमा तानिएकी थिइन् ।

उनको भनाईलाई ‘देशद्रोही’ बताउदै उनीविरुद्ध एफआईआर दर्ता गर्नुपर्ने माग उठिरहेको बेला प्रीतिले उजुरी दिएकी हुन् । प्रीतिले देशले पाएको स्वतन्त्रतालाई कंगनाले ‘भीख’ भन्नु देशद्रोहको श्रेणी रहेको उल्लेख गरेकी छन् ।

प्रीतिले भारतीय दण्ड संहिता(आईपीसी)को धाराहरु ५०४, ५०५ र १२४ए अनुसार कारवाही हुनुपर्ने माग राखेकी छन् ।

यसअघि भारतीय जनता पाटीका सांसद वरुण गान्धीले कंगनाको भनाईको निन्दा गरेका थिए । ‘यो एक किसिमको देशद्रोह र यस्तो वयान दिने व्यक्तिलाई कडा कारवाही हुनुपर्छ । यस्तो नगर्नु ती सबै व्यक्तिका लागि विश्वासघात हुनेछ, जसले स्वतन्त्रत भारतका लागि रगत बगाएका छन् ।

मानिसहरु हाम्रो स्वतन्त्रता आन्दोलनका गरिएको बलिदानीलाई कहिल्यै भुल्न सक्दैनन् । यो आन्दोलनमा लाखौंको ज्यान गएको थियो । कति परिवार सकिएका थिए । यस किसिमको भनाईलाई माफ गर्नुहुँदैन’, उनले भनेका थिए । दैनिक जागरणबाट