बालमैत्री वडा घोषणा गर्न प्रतिवद्धता

बालमैत्री वडा घोषणा गर्न प्रतिवद्धता
Spread the love

सिलगढी साउन २७(ई-रैवार): डोटीको पूर्वीचौकी गाउँपालिका– १ सिरसैनलाई बालमैत्री वडा घोषणा गर्न सरोकारवाला निकायहरुले सामुहिक प्रतिवद्धता जनाएका छन् । वडा कार्यालयले सोमबार आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले प्रतिबद्धता जनाएको हुन् ।
कार्यक्रममा बोल्दै शाजेन्द्रश्वर माबिका शिक्षक देब बोहराले आफ्नो विद्यालयले हाल विद्यार्थीको पढाई, लेखाई, खेलकुद, सरसफाई निर्माणाधिन संरचनामा बालवालिकालाई ध्यानमा राखेर तयार गरिएको बताए । उनले भने,‘पहिलेको भन्दा धेरै कुरामा सुधार र सिकाई भएको छ ।’ सिकाई उपलब्धी बृद्धी गर्न सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने उनले बताए । साथै विद्यालय बाहिर रहेका बालवालिकालाई विद्यालयमा ल्याउन बालबालिकाहरुको आचरण तथा नैतिकता सुधार गर्न, बालमैत्री शिक्षा लागु गर्न र शैक्षिक गुणस्तर अभिबृद्धी गर्न स्थानीय सरकारलाई योजनागत रुपमा अघाडी बढ्न सुझाब समेत दिएका थिए ।
गाउँपालिकाले वालमैत्री वडा, गाउँपालिका घोषणा गर्न कार्यबिधी तयार गरेर अघाडी बढ्ने पुर्विचौकी गाउँपािलकाका अध्यक्ष दिर्घराज बोगटीले बताए । उनले भने,‘बालबालिकाको शिक्षा, स्वास्थ्य, अधिकार, संरक्षण, सहभागिता संग थुप्रै सवालहरु जोडीएका छन् । ति सवाल पुरा गर्न गाउँपालिका विशेष योजनाका साथ अघी बढिरहेको छ ।’ गरिब जेहेन्दार, दलिका, बिपन्न बालवालिकालाई लक्षित गर्दै गाउँपािलकाले तिस लाखको छात्रबृती कोषको स्थापना गरेको समेत अध्यक्ष बोगटीले बताए ।
आफ्नो वडालाई गाउँपलिकाको पहिलो बालमैत्री वडा घोषणा गर्न तयारी गरिरहेका वडा अध्यक्ष अंक बहादुर खड्काले बताए । उनले भने, ‘नेपाल सरकारले लागु गरेका सुचकहरुलाई आधार माथि काम गरिरहेका छौ ।’ सरोकारवाला सबै निकायलाई सहयोग गर्न समेत वडाध्यक्ष खड्काले आग्रह गरे ।
कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधी २०६८ ले जारी गरेका सुचकहरुको आधारमा हेर्दा करिव ७०–८० प्रतिशत काम पुरा भएकाले वडालाई बालमैत्री वडा घोषणा गर्न ढिलाई नगर्नुपर्ने बताएका थिए ।
९ वटा स्थानीय तह रहेको डोटीमा अहिले सम्म कुनै स्थानिय तहले बालमैत्री वडा, नगर गाउँपालिका घोषणा गर्न सकेको छैन् ।
सामुदायिक विकास केन्द्र डोटी र वल्र्ड भिजन ईन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा संचालित ‘सिईएसपी’ परियोजना अन्र्तगत बालमैत्री स्थानीय शासन सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन भईरहेको छ । कार्यक्रमबाट वडालाई बालमैत्री वडा घोषणा गर्न हाम्रो पूर्ण सहयोग र सहकार्य भईरहेको सामुदायिक विकास केन्दका मिल अधिकृत टंकप्रसाद जोशीले बताए । उनले भने, ‘वडाको बालवालिकाको स्थितीपत्र तयार गन पनि हामीले सहयोग गरिरहेका छौ ।’