राजनीति

म्याद थप्दा पनि बनेन खप्तडमा आवास गृह, भवन अभावमा पर्यटक चिसोमा रात बिताउन बाध्य

बझाङ : सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तडमा यात्रुको सहज आवास सुविधाका लागि निर्माण गर्न लागिएका भवनहरू दुई वर्ष बित्दासमेत बन्न सकेका छैनन् । सुविधायुक्त भवन अभावमा खप्तड पुगेका पर्यटक भने चिसोले कठ्यांग्रिएर रात बिताउन बाध्य छन् । ‘करोडौंका सुविधायुक्त भवन ठेकेदारको लापरबाहीका कारण निर्माण सम्पन्न हुन नसकेर अलपत्र छन्,’ डोटीबाट खप्तड प्रवेशमार्ग झिग्रानामा होमस्टे सञ्चालन गरिरहेका व्यवसायी […]

कोरोना संक्रमित एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा, प्रजिअ शर्मा भन्छिन्- जानकारी छैन

काठमाडौँ : प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना संक्रमण भएको चौथो दिनमा नै सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । उनलाई माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरिएको थियो । एमालेको भ्रातृ संगठन युवा संघले बुधबार माघ १२ गते आयोजना गरेको रक्तदान कार्यक्रममा कोरोना संक्रमित ओली पुगेका हुन् । युवा संघले भक्तपुर बालकोटस्थित […]

सुदूरपश्चिम प्रदेशमा बढ्दै कोरोना संक्रमित

कैलाली : पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भित्रिएसँगै सुदूरपश्चिम प्रदेशमा पनि नयाँ संक्रमितको संख्या दिनानु दिन बढ्न थालेको छ। सुदूरपश्चिम प्रदेशमा बिहीबार एकै दिन मात्रै ५ सय ३४ जना नयाँ संक्रमित फेला परेका छन्। नयाँ फेला परेका संक्रमित मध्ये जटिल बिरामीको आइसियू र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने बाँकी कोही क्वारेन्टाइन र कोही होम […]

विद्यालय शिक्षा सुधार्न सरकारले ल्यायो साढे नौ खर्बको योजना

काठमाडौँ : विद्यालय शिक्षा सुधारका लागि सरकारले १० वर्षे योजना ल्याएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको हो । विद्यालय शिक्षा सुधार योजनाअनुसार पाँच वर्षभित्र नौ खर्ब ५३ अर्ब ४३ करोड रुपियाँ लगानी रहने मन्त्रालयले जनाएको छ । बाँकी पाँच वर्षमा खर्च हुने रकम भने पछि तय गरिने मन्त्रालयका […]

फेरि अन्योलमा चलचित्र बजार

काठमाडौं : कोरोना सङ्क्रमण घटेसँगै चलचित्र क्षेत्र पनि चलायमान हुन थालेको थियो तर अहिले फेरि सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दो छ । यसको असर चलचित्र क्षेत्रले पनि भोग्नु नै पर्नेछ । यस विषयमा चर्चा गर्दा हालै प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’को चर्चा वाञ्छनीय हुन आउँछ । यस चलचित्रले दर्शकको धेरथोर माया जित्न सफल भएको छ । यसभन्दा […]

सुदूरपश्चिमका अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी ७४, कार्यरत ९ जना मात्रै

धनगढी : सुदूरपश्चिमका १० वटा सरकारी अस्पतालमा ७४ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । त्योमध्ये हाल ९ जनाको मात्रै पदपूर्ति छ । प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विभिन्न विधाका गरी २१ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकामा ८ को मात्रै पदपूर्ति छ । महाकालीमा २०, डडेलधुरामा १९ र टीकापुरमा १४ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर एक […]

गठबन्धन संस्कृतिको औचित्य

वि.सं २०७२ मा घोषित संविधान र संसदीय प्रजातन्त्रका सामान्य परम्परा र मान्यताअनुसार सङ्घीय संसद् अर्थात् प्रतिनिधि सभा र प्रादेशिक एकल सांसदको निर्वाचन आगामी वर्षको मङ्सिरमा हुनेछ । हुन त सङ्घीय संसद्भित्रको प्रतिनिधि सभा दुई दुई पटक ब्रह्मनालबाट सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ब्युँतिएर फर्केको हो । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई […]

सेती प्रादेशिक अस्पताल अगाडि फार्मेसी नपढेकाले बेच्छन् औषधि

कैलाली : सेती प्रादेशिक अस्पतालको अगाडि रहेको सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित साझा स्वास्थ्य सेवाको बिक्री कक्षमा फार्मेसी नपढेका व्यक्तिले औषधि बेचिरहेका छन्। औषधि ऐन २०३५ लाई अटेर गर्दै साझा स्वास्थ्य सेवाको धनगढी शाखाले औषधि बिक्री कक्षमा अप्राविधिकबाट औषधि बेचबिखन गरिरहेको हो। सुदूरपश्चिमकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको गेटै अगाडि खोलिएको साझा स्वास्थ्य सेवाको […]

उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा : २२ वर्ष सेवा ३२ ठाउँमा घरजग्गा

काठमाडौँ : सरकारी सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिवस्तरका एक कर्मचारी र उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा र १९ वटा बैंकमा रकम मौज्दात रहेको पाइएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध ६ करोड ८७ लाख रूपैयाँ बिगोसहित सजाय कायम गरी […]

तंग्रिँदै सुदूरपश्चिमको पर्यटन

धनगढी : पहिलो पटक खप्तड पुगेका कलाकार पल शाहले खप्तड यात्राको वर्णन गरिएको श्रव्यदृश्य (भिडियो) आफ्नो पेजमा राखेका छन् । बझाङदेखि खप्तडसम्म पैदल यात्रा गरेका उनले भनेका छन्– ‘खप्तड साच्चै सुन्दर रहेछ । खप्तड पुग्न पैदल यात्रा गर्दाको थकाइ त्यहाँ पुगेपछि हरायो ।’ दुई महिनाअघि पल शाह र गरिमा पन्तलगायत कलाकारहरूको समूह एउटा गीतको छायांकनका लागि धनगढी हुँदै […]