अन्तर्राष्ट्रिय

कोरोनाबाट भारतमा एक सय छको मृत्यू, तीनहजार छ सय बढी संक्रमित

काठमाण्डौँ चैत्र २३(ई-रैवार) छिमेकी मुलुक भारतमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण अनियन्त्रित बन्दै गएको छ । आइतबार बिहानसम्म मृतकको संख्या एक सय छ पुगिसकेको छ । तीन हजार छ सय ७८ जना संक्रमित भएका छन् । पछिल्लो दुई सातामा मात्रै संक्रमित हुनेको संख्या तीन हजार दुई ७५ पुगेको छ भने ९९ जनाको ज्यान गएको छ […]

यी दुई देश, जहाँ अझै कोरोना पुगेको छैन !

एजेन्सी- विश्वका अधिकांश देश कोरोना भाइरसको चपेटामा छन्। विश्व स्वास्थ्य संगठनले अहिलेको समय दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा चुनौतीपूर्ण रहेको जनाएको छ। तर केही यस्ता देश र क्षेत्र छन्, जहाँ कोरोना भाइरस पुगेको छैन। प्रशान्त महासागरीय द्विप टुभालु र पूर्व सोभियत गणराज्य तुर्कमेनिस्तानमा कोरोना भाइरस पुग्न सकेको छैन। यी दुवै देश हालसम्म कोरोना भाइरसका एकजना पनि […]

तबलिगी समुदायको भेलामा सहभागी एक नेपालीमा कोरोना

नयाँदिल्ली चैत्र २२(ई-रैवार) भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न तबलिगी समुदाय(मुस्लिम)को धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोनाभाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । उक्त भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । सो भेलामा सहभागिहरुमा भारतमा धमाधम कोभिड-१९को संक्रमण देखिदै आएको छ । सोही क्रममा भारतले सो भेलामा सहभागिहरुलाई धमाधम खोजी गरिरहेको छ […]

कोरोना संक्रमणः मृतक ५० हजार बढी, संक्रमित करिब १० लाख

धनगढी चैत्र २०(ई-रैवार) नोवेल कोरोनाभाईरस(कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । विहिबार रातीसम्मको तथ्यांकअनुसार मृतकको संख्या ५० हजार तीनसय नाघेको विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले जनाएको छ । यस्तै करिब ९ लाख ८३ हजार भन्दा बढीमा यसको संक्रमण पुष्टी भईसकेको छ । हालसम्म मृत्यु हुने सबैभन्दा बढी ईटालीमा १३ हजार नौ सय १५ जना […]

कोरोनाको डरले मान्छेको शरीरमा हानिकारक रसायन छर्कियो

काठमाडौं चैत्र १७(ई-रैवार) भारतको उत्तर प्रदेश सरकारले बरेली बस स्टेशनमा मानिसहरुमाथि नै हानिकारक रसायन छर्केको छ । अन्य प्रान्तबाट आएका मानिसलाई आइतबार बरेली स्टेसनमा राखेर पर्खाल तथा बसलाई जस्तै मानिसहरु माथि समेत रसायन छर्केको हो । बीबीसी हिन्दीमा उल्लेख गरिए अनुसार मानिसहरुलाई यसरी छर्किएको पानीमा सोडियक हाइपोक्लोराइड जस्तो रसायन पनि मिसाइएको थियो । यस किसिमको […]

कसले बनायो नोबेल कोरोनाभाइरस ?

एजेन्सी कोरोनाभाइरसको महाव्याधिले विश्वव्यापी आतंक मच्चाइरहँदा धेरैको मनमा उठेको एउटै प्रश्न होः कसले बनायो कोरोनाभाइरस? ‘कन्स्पिरेसी थ्योरी’ अर्थात् षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्ने कतिपयले कतिपसम्म भन्न भ्याए भने, कोरोनाभाइरस ल्याबमा उत्पादन गरिएको भाइरस हो, यो विकसित राष्ट्रहरुको जैविक हतियारको एउटा अंग नै हो । तर के वास्तवमा नै त्यस्तो हो त ? नयाँ अध्ययनहरुले ती शंका […]

कोरोना(कोभिड–१९)बाट मेयरको मृत्यू

ईटाली चैत्र २: कोरोना भाइरसका कारण इटालीको चियेने नगरका मेयरको मृत्यु भएको छ। उत्तरी इटालीस्थित चियेने नगरका मेयर ७० वर्षीय गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका छन्। उनी विगत मार्च ७ देखि कोरोना संक्रमित भएका कारण अस्पतालमा उपचार गराइरहेका थिए।-ऐजेन्सी

क्यानडाका प्रधानमन्त्रीपत्निलाई कोरोना, प्रधानमन्त्री पनि क्वारेन्टिनमा

एजेन्सी, क्यानडा फागुन ३०ः पत्नीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि क्वारेन्टिनमा बस्न थालेका छन्। कोरोना भाइरसका कुनै लक्षण नदेखिएको भए पनि सुरक्षात्मक सावधानीलाई ध्यानमा राख्दै उनी १४ दिनका लागि क्वारेन्टाइन बसेका हुन्। कुनै प्रकारको लक्षण नदेखिएकाले तत्कालका लागि ट्रुडोले कोरोना भाइरस परीक्षण नगर्ने बताइएको छ। लन्डनबाट क्यानडा फर्केकी ट्रुडो पत्नी […]

कोरानाको त्रासले चुम्बनमा प्रतिबन्ध 

पेरिसः फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभियर भिरानले फ्रान्सका जनतालाई चुम्बन नर्गन सुझाव दिएका छन् । विश्वमा ठूलो त्रासको रुप लिएको कोरोना भाइरस सर्ने डरले उनले सर्तकता अपनाउन सबैलाई यस्तो आग्रह गरेका हुन् । फ्रान्समा ‘ला बिसे’ संस्कार प्रचलनमा छ । ‘ला बिसे’ संस्कार भन्नाले फ्रान्स र अन्य युरोपेली देशमा एक अर्कालाई चुम्बन गरेर अभिवादन प्रकट गर्ने चलन […]

भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियान असफलः चन्द्रयान–२ सम्पर्कविहीन

काठमाडौं भदौ २१(ई-रैवार) भारतीय चन्द्रयान–२ चन्द्रमाको सतहमा उत्रनुभन्दा केही पहिलेदेखि सम्पर्कविहिन भएको छ। भारतको महत्वकांक्षी अन्तरिक्ष अभियानअन्तरगतको विक्रम अन्तिम चरणमा आएर सम्पर्कविहिन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ९इसरो० का अध्यक्ष के सिवनले भने, ‘विक्रम ल्याण्डर योजना अनुसार नै अवतरणको क्रममा थियो, चन्द्र सतहबाट २।१ किलोमिटरको दूरीसम्म सबै सामान्य थियो। तर त्यसपछि […]