अर्थ

सुदूरपश्चिम प्रदेश सरकारद्वारा तीन स्रष्टा सम्मानित

कञ्चनपुर, असार ३० (ई–रैवार) सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले भानुजयन्तीका अवसरमा आज विभिन्न विधामा क्रियाशिल तीन श्रष्टालाई नगद पुरस्कारसहित सम्मान गरेको छ। मन्त्रालयले भाषा, संस्कृति, साहित्य, नाट्य, सङ्गीत, ललितकलालगायत विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा सुदूरपश्चिम प्रदेशको छवि उच्च पार्न महत्वपूर्ण योगदान पु¥याउने तीन श्रष्टालाई सम्मान गरेको हो। सम्मानित हुनेमा साहित्यतर्फ डोटीको गडसेराका यज्ञराज जोशी (यात्री), […]

आदिकवि भानुभक्तको आज २०८ औँ जन्मजयन्ती, विविध कार्यक्रमको आयोजनागरी मनाइँदै

काठमाडौं, असार २९ (ई–रैवार)  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेख्नेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण […]

उतै कतै छोडेको छु दिलको राजधानी

हेमन्त विवश डाँडावारि र डाँडापारि घन्कने बाँसुरीको रन्को, तुवालो लाग्ने मौसम, पालुवा पलाइरहेका वृक्षहरू, भर्भराइरने अँगेनाको आगो, बेलाबखत आइपुग्ने बाडुली सबैले पालैपालो मनमा विरक्ति बढाइरहँदा सिर्जना गरे कतिपय लोककविहरूले समय सुहाउँदा गीत। चैत महिना मानसिक हिसावले कष्टकर रहेको भाव व्यक्त गरे कतिपयले। त्यतिखेर सुनिने विरहपूर्ण बाँसुरीको धुन र केही गीतका पंक्तिले व्यक्त गर्न खोजेको उही […]

पृथ्वीजयन्ती बिशेष कबिता ‘के नाम मेटिन्छ र ?’

के नाम मेटिन्छ र ? कबिता (शार्दूलविक्रीडित छन्द) नेपाली मन यो प्रगाढ ममता, छल्किन्छ छाती भरी । नेपाली पन को छ चिन्ह मुटुमा, हो स्वर्गको मञ्जरी ।। धावा दुश्मन को टिकेन क्षणमा, यो सान थर्किन्छ र ? पुर्खाको बलिदान त्याग यसमै, के नाम मेटिन्छ र ? …… हाम्रो धर्म र कर्म शान्त रसको, हो एकताको […]

डोटेली लोकसाहित्य पुरस्कार जोशी र काव्य पुरस्कार बलायरलाई

डोटी मंसिर ८ (ई–रैवार) नेपाली लेखक संघ डोटीले यसवर्षको ‘प्रा.डा. जयराज पन्त स्मृति डोटेली लोकसाहित्य पुरस्कार’ दिव्यश्वरी जोशी र ‘पूर्णानन्द भट्ट स्मृति काव्य पुरस्कार’ भक्तबहादुर बलायरलाई प्रदान गर्ने भएको छ । संघले एक सूचना सार्वजनिक गर्दै सो पुरस्कारको घोषणा गरेको हो । जोशी डोटेली लोकसाहित्यमा अध्ययन, अनुसन्धान गर्दै आएकी छन् । हाल पद्मकन्या क्याम्पसमा उपप्राध्यापक […]

शेर साउँदको मर्मस्पर्शी देउडा गीत ‘पियारी’ सार्वजनिक (गीत सहित)

डोटी असोज ३०(ई–रैवार) चर्चित लोकदेउडा गायक शेर साउँदको नयाँ देउडा गीत ‘पियारी’ सार्वजनिक गरिएको छ । मारुनी डिजिटल रेकर्डिङ काठमाण्डौँले तयार पारेको गीत बुढा म्युजिक प्रालि सुर्खेतले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेको हो । एकदमै मर्मस्पर्शी भाकामा रहेको गीतमा साउँद र गायिका कल्पना बिसिको स्वर रहेको छ, भने लय र शब्द संकलन स्वयम साउँदको आफ्नै रहेको […]

उनी

विपुल पोख्रेल क्याम्पस जीवनबाट टाढिएको २० वर्ष पुगेछ । आज अचानक मेरी उनी फेसबुकमार्फत भेटिन्छिन् । उनलाई भेट्दा म खुसीले पागल झैँ हुनपुग्छु र पहिलेका हरेक पल एकएक गर्दै आँखाअगाडि घुम्न थाल्छन् । त्यो बेलाको क्याम्पसजीवन सम्झिनका लागि एल्बममा राखिएका केही थान फोटोबाहेक अरू केही छैन । एल्बमका ती फोटाहरू पनि छरपस्ट छन् । पाना […]

आजको राशिफल : तपाईंको राशिफल कस्तो छ ?

  मेष : आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वृष : आज आँटेको र ताकेको कार्य पुरा होला । आफ्नो क्षेत्रमा प्रभत्व जमाउन सकिनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । प्रेममा मधुरतापनि छाउनेछ । मिथुन : दुरदराजमा […]

मधुर स्वरकी धनी बाबा राणा भन्नुहुन्छ– सङ्गीतमा डुबुल्की मार्दा मनमा शान्ति हुन्छ

  जमुनावर्षा शर्मा पोखरा,  भदौ ११ (ई-रैवार)   “करोडौँ मुटुहरुको एउटै ढुकढुकी नेपाल ।” नवराज कार्कीका शब्दमा प्रसिद्ध गायक सरोजगोपाल बज्राचार्यले सङ्गीत दिनुभएको यो कर्णप्रिय गीतकी गायिका हुनुहुन्छ बाबा राणा । मधुर स्वरकी धनी राणा नेपाली सङ्गीत आकासकी एक अब्बल साधकको नाम हो । नौ वर्षको उमेरदेखि गायनप्रतिको लगावले गीतसङ्गीत क्षेत्रमा पहिचान बनाउन सफल गायिका राणाले […]

वेश्याको ‘सुसाईड नोट’

आमाबा, जन्मायौ । नाम दियौ । थर दियौ । घर दियौं । सबथोक दियौं । पिर के हो, चिन्ता के हो ? थाहा भएन । के इज्जत र के सम्मान वास्ता थिएन । म को हुँ ? कस्तो हुनुपर्छ ? अतोपतो भएन । जिन्दगी बहार थियो । संसार निस्वार्थ र प्रफुल्ल लाग्थ्यो सानैछँदा । तर […]