सञ्चारगृहमा प्रवेशगरी पत्रकारलाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग

सञ्चारगृहमा प्रवेशगरी पत्रकारलाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन पत्रकार महासंघको माग
Spread the love

धनगढी, भदौ २६ (ई-रैवार)

सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन नेपाल पत्रकार महासंघले माग गरेको छ । कैलालीको दिनेश सञ्चारगृहमा प्रवेश गरी पत्रकारलाई आक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायलाई महासंघले माग गरेको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टलेले प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारगृहमा केही व्यक्ति प्रवेश गरी गरिएको आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएका छन ।

महासंघका केन्द्रिय महासचिव विष्टले जारी गरेको विज्ञप्तिमा, ‘प्रकाशित समाचार चित्त नबुझे कानुनी उपचार खोजिनुपर्नेमा गुण्डागर्दी शैलीमा सञ्चारगृहमा प्रवेश गरी भएको आक्रमण र कुटपिट आपत्तिजनक छ । साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो ।

महासंघ प्रेसमाथि गरिएको यो ज्यादतीको कडा शब्दमा भर्त्सना गर्दछ।  विज्ञप्तिमा भनिएको छ, घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन एवं पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर भई स्वतन्त्र र निर्वाहरुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

त्येसैगरी दिनेश सञ्चारगृहमा केही व्यक्तिहरु प्रवेश गरी गरिएको आक्रमण र पत्रकार कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघको सुदुरपश्चिम प्रदेश, जिल्ला शाखा लगायतका पेसागत संघसंगठनले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाइएका छन । घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानुनी दायरा ल्याउन स्थानिय प्रशासन  संग माग गरेका छन ।

सुदूरपश्चिम प्रदेश पत्रकार महासंघले उच्छृङ्खल व्यक्तिहरुको समूहले सञ्चार गृहमा आक्रमण गरेको जनाएको छ ।

पत्रकार महासंघ कैलाली शाखा, फोटो पत्रकार महासंघ, कैलाली, नेपाल खेलकुद पत्रकार मञ्च कैलाली, नेपाल प्रेस युनियन कैलाली, थारु पत्रकार संघ कैलाली, सामुदायिक रेडियो प्रसारक संघ (अकारोव) सुदूरपश्चिम प्रदेश समिति, ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान) सुदूरपश्चिम प्रदेश समितिलगायतले पनि घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा केही व्यक्ति प्रवेश त्याहा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता  प्रहरी नायव उपरिक्षक विष्टले यहि भदौ २२ गते चोरीको मुद्धामा धनगढी उपमहानगरपालिका –१ बाट पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा आत्महत्या गरेको घटना साचो भएको बताएका छन ।

दिनेश सञ्चारगृहमा प्रवेशगरी पत्रकारलाई आक्रमण गर्नेहरुको खोजी कार्य भैरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताएका छन । घटनामा संलग्न व्यक्तिलाई पक्राउगरी कनुनी कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।