स्वास्थ्यकर्मी कुट्नेलाई स्वास्थ्यकर्मी संघद्वारा कारवाहीको माग

स्वास्थ्यकर्मी कुट्नेलाई स्वास्थ्यकर्मी संघद्वारा कारवाहीको माग
Spread the love

डोटी जेठ २१(ई-रैवार)

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कडा कारबाही गर्न नेपाल स्वास्थ्यकर्मी संघ डोटीले माग गरेको छ ।  संघले  प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई कार्बाही गर्न माग गरेको हो ।

संघका अध्यक्ष अर्जुन बलायरद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा स्वास्थ्यकर्मीहरु भाइरस नियन्त्रण र रोकथामका लागि आफ्नो र परिवारको स्वास्थ्य जोखिममा राखेर सिमित स्रोत साधनका बावजुत अग्रमोर्चामा खटिराखेको उल्लेख गर्दै यस्तो अवस्थामा स्वास्थ्यकर्मी माथी भएको आक्रमण प्रती गम्भिर ध्यानाकर्षण भएको बताइएको छ ।

विज्ञप्तीमा आफ्नो कर्तब्यनिष्ट सेवामा तल्लिन रात दिन नभनि अहोरात्र खटिनु भएका स्वास्थ्यकर्मी रमेश कुँवर माथी भएको सांघातिक आक्रमण समग्र स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवामाथिको हमलाका भएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ,‘ सबै स्वाथ्यकर्मीहरु असुरक्षित रहेको आभाष दिएको छ । यस्ता प्रबृद्धीका घटनाले जो जति बेला पनि असुरक्षित छ भन्ने संकेत दिन्छ । तसर्थ तत्कालै सबै स्वास्थ्यकर्मीहरुलाई पर्याप्त सुरक्षाको अनुभुती दिलाउन राज्यसंग जोडदार माग गर्दछांै ।’

स्वास्थ्यकर्मी संघले घटनाका दोषिहरुलाई यथासक्य कडाभन्दा कडा कार्बाही गरी पीडित लाई न्याय प्रत्याभूत गर्न माग गर्दै कसैबाट पीडक अपराधिक समुहलाई उन्मूक्ती दिने खालका गतिबिधि भए वा गरिए लकडाउनकै बीच कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

आइतबार शिखर नगरपालिका वडा नं. ७ लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी पैदल जादै गरेका कुवँर माथी तीन जनाले आक्रमण गरेका थिए । साँझ ७ बजे शिखर नगरपालिका वडा नं. ७ को बोगटा गाउँको बाटो हुँदै स्वास्थ्यचौकी जाँदै गरेका कुवँरलाई गाउँको बाटो हिड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानिय तीन जनाले गाली गलौच गर्दै एक्कासी ढुङ्गामुडा प्रहार गरेको घाइतेलाई उदृत गर्दै घाइतेका आफन्तले बताए ।

गम्भिर घाइते स्वास्थ्यकर्मीको कुवँरको काठमाण्डौ स्थित  ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।