धनगढी, भदौ २२ (ई-रैवार)
ब्यूटी पार्लर सञ्चालकहरुले व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राख्दै धनगढी उप–महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । लामो बन्दका कारण व्यवसाय नै धरासयी भएको भन्दै व्यवसाय सूचारुको माग राख्दै ब्यूटी पार्लर सञ्चालकहरुले ज्ञापनपत्र बुझाएका हुन ।
धनगढीमा रहेका ब्यूटी पार्लर सञ्चालकहरुले व्यवसाय संचालन गर्न पाउनुपर्ने भन्दै सोमबार धनगढी उप–महानगरपालिका उप–प्रमुख सुशीला मिश्र भट्टलाई ज्ञापनपत्र बुझाएका छन।
ज्ञापन पत्र बुझ्दै उप–प्रमुख भट्टले संघिय सरकारले पार्लरलाई खोल्न नदिइने भन्दै परिपत्र गरेका कारण आफुले केहि गर्न नसक्ने प्रतिक्रिया दिइन। संघिय सरकारले ब्यूटीपार्लरहरु खुला रहदा त्यसले जोखिम बढाउने भन्दै त्यसलाई खोल्न नहुनेको सूचीमा राखेको छ ।
उप–प्रमुख सुशीला मिश्र भट्टले संघ सरकारले निर्णय कार्यान्वयन गर्न भनेर परिपत्र गरेकाले आफ्नो तहबाट सूचारु गर्नुहोस भन्न नसक्ने बताईन । तपाईहरु समस्यामा हुनुहुन्छ उप–प्रमुख भट्टले भनिन्, यहाँहरुको माग सम्वन्धीत निकायलाई अवगत गराउनमा सहयोग गर्ने छौं । उप–प्रमुख भट्टले जोखिम बाट बच्चका लागि भौतिकदुरीमा ख्याल गर्न अनुरोध गरिन ।



