काठमाडौं, भदौ १८ (ई-रैवार)
नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सक्रमणबाट १ हजार २ सय २८ जनामा पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ४ सय १३ नमुना परीक्षण गर्दा ३ सय ९४ महिला र ८ सय ३४ पुरुष गरी पछिल्लो २४ घण्टामा १ हजार २ सय २८ संक्रमित थपिएका छन् ।
हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा जना देशभरका विभिन्न अस्पतालबाट ९ सय १७ डिस्चार्ज भएका छन् । पछिल्लो त्यसैगरी हालसम्म २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन् ।
देशभरका १३ हजार ४ सय १७ जनाको आज पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ३१ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्नेको संख्या ६ लाख पुगेको छ ।
देशभरका संस्थागत आइसोलेसन १० हजार ६ सय ७१ जना र होम आइसोलेसनमा ७ हजार ७ सय ४२ रहेका छन् । आजसम्म देशभर ६ हजार ७ सय ४९ जना क्वारेन्टिनमा रहेका छन् ।
बागमती प्रदेशमा १३ जना, प्रदेश १ मा १ जना र प्रदेश ५ मा ३ जना गरी १७ जना भेन्टिलेटरमा रहेका छन् । देशभर १ सय ४१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । ५ सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, चितवन, रुपन्देही, मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं र ललितपुर रहेका छन् । भोजपुर, ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।


