धनगढी, भदौ १७ (ई-रैवार)
धनगढीको महिला आइसोलेसन तथा होल्डिङ सेन्टरबाट १७ जना कोरोना जितेर घर फर्किएका छन् । धनगढी उप–महानगरपालिकाले संचालन गरेको महिला होल्डिङ र आइसोलेसन सेन्टरबाट आज १७ जना कोरोना जितेर घर फर्किएका हुन् ।
भारतबाट फर्किएकाहरुलाई संक्रमण पुष्टि भएपछि धनगढी उप–महानगरपालिकाले संचालन गरेको ‘बी’ पोलिटेक्निक इन्स्टिच्युटमा स्थापना गरिएको आइसोलेसनमा राखिएको थियो ।
कोरोना पुष्टि भएपछि उनिहरुलाई १४ दिन आईसोलेसनमा राखेर पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको धनगढी उपमहानगरपालिकाका कोभिड सयोजक नारायण बरालले जानकारी दिएका छन । उनले भने, अव महिला होल्डिङ र आइसोलेसन सेन्टरमा एक जना मात्रै महिला रहेकी छन् ।
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायका अनुसार डिस्चार्ज हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का एक, ११ का ३, १२ का ५, १४ का २, १८ का ३, १९ का १ रहेका छन् । यस्तै डोटीका २ जनालाई डिस्र्चाज गरीएको उनले बताए। विभिन्न संघ सस्थाहरुको सहयोगमा आइसोलेसन सञ्चालन गरिएको छ ।


