काठमाडौं, भदौ १६ (ई-रैवार)
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ११ जनाको मृत्यु संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले मृत्यु हुनेमा एक ४ वर्षीया बालिका र १० जना पुरुष रहेको जानकारी दिएका छन् ।
उनले मृत्यु हुनेमा महोत्तरीका ३७ वर्षीय, सिराहा ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय, बाराका ६० वर्षीय, चितवनका ५२ वर्षिय, काठमाडौंका ७० र ३५ वर्षीय र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको बताएका छन ।
हालसम्म कुल संक्रमितको ० दशमलव ५९ प्रतिशत संक्रमितको मृत्यु भएको छ । आजसम्म ४० हजार ५ सय २९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।


