जनकपुरधाम, भदौ १३ (ई-रैवार)
महोत्तरी र विराटनगरमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरी र विराटनगरमा थप ३ जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
महोत्तरीको पिपरा गाउँपालिका– ७ का ७० बर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा शुक्रबार उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक कमलेश प्रसाद यादवले जानकारी दिएका हुन ।
मन्त्रालयका वरिष्ठ चिकित्सक यादवले महोत्तरीकै भंगहा नगरपालिकाका ३५ बर्षीय युवकमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । भंगहा नगरपालिका वडा नंं १ निवासी युवकको शनिबार बिहान प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जानकारी दिएका छन ।
मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको छ । ज्वरो र रुघाखोकीका साथै सास फेर्न समस्या भएपछि उनलाई शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । यो सँगै महोत्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
त्येसैगरी विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका( २ का ६१ वर्षीय पुरुषको शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३ भदौमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । मुटुसम्बन्धी रोगबाट पीडित उनको शनिबार मृत्यु हो ।
उनको बिहीबार स्वाब संकलन गरिएको भएपनि शनिबार मृत्यु भइसकेपछि पोजेटिभ रिपोट आएको पथरी शनिश्चरे नगरपालिकाका मेयर दीलिप राईले जानकारी दिए । त्यसबेलासम्म आफन्तले शव लगिसकेकका थिए ।
कोरोना नगेटिभ देखिएको भन्दै आफन्तले शव लगेको तर पोजेटिभ रिपोर्ट आएपछि प्रशासनलाई खबर गरेको न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताएका छन । लगतै नेपाली सेनाको टोलीले बाटोबाटै शव लगेर अन्त्येष्टि गरेको मेयर राईले बताए ।
यसअघि स्वास्थ्य मन्त्रालयले आज दिउँसोको नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ संक्रमितको मृत्यु भएको जनाएको थियो ।


