पुनर्वहालीको माग गर्दै एसपी बिष्ट र इन्स्पेक्टर भट्टद्वारा मन्त्रीपरिषदमा निवेदन दर्ता

पुनर्वहालीको माग गर्दै एसपी बिष्ट र इन्स्पेक्टर भट्टद्वारा मन्त्रीपरिषदमा निवेदन दर्ता
Spread the love

 

काठमाडौं,  भदौ ५ (ई-रैवार) 

कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिएका छन् । पुनर्वहालीको माग गर्दै भट्टले गत आइतबार र विष्टले मंगलबार मन्त्रिपरिषद्मा निवेदन दिएको उनीहरूका आफन्तले जानकारी दिएका हुन् ।

निर्मला पन्तको बलात्कार र हत्याको घटनामा लापरवाही गरेको भन्दै सेवाबाट निलम्बन गरिएका तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदिश प्रसाद भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका हुन् ।

अदालतले आफुहरुलाई सफाइ दिइसकेकोले पुनर्वहाली हुनुपर्ने भन्दै उनीहरुले पदमा पुनर्वहालीका लागि निवेदन दिएका हुन् । २०७७ साउन १५ मा कञ्चनपुर जिल्ला अदालतले प्रहरी उपरिक्षक बिष्ट र प्रहरी निरीक्षक भट्टलाई सफाई दिएको थियो ।

गृह मन्त्रालयले गठन गरेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिको सिफारिसका आधारमा विष्टलाई २०७५ भदौ १० मा र भट्टलाई भदौ ३१ भदौमा निलम्बन गरिएको थियो । कन्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अन्य छ जना प्रहरी पनि निलम्बनमा परेका छन्

गृह मन्त्रालयले सेवाबाट वर्खास्त गरेकाले एसपी विष्ट र इन्सपेक्टर भट्टले माथिल्लो निकाय मन्त्रिपरिषदमा निवेदन पेश गरेका हुन् । निलम्बनमा परेका अन्य ६ जनाका विषयमा भने गृह मन्त्रालयले नै निर्णय गर्न सक्नेछ । यसका लागि उनीहरुले पनि निवेदन दिनुपर्ने हुन्छ । तर, उनीहरुले अहिलेसम्म निवेदन दिइसकेका छैनन् ।