जीवन बोहरा
जोरायल साउन २६(ई–रैवार) : क्यान्सर रोगबाट ग्रस्त भएर उपचारमा रहेकी जोरायल गाउँपालिका–१ गोगनपानीकी ३६ वर्षिया सुशिला मल्लको उपचारमा सहयोग जुटेको छ ।
साउदी अरेबियामा बस्दै आएका चक्र मल्ल तथा सामाजिक अभियन्ताहरुले सुशिलाको उपचारका लागि सहयोग जुटाएर पठाएका छन् ।
संकलन गरिएको एक लाख ५३ हजार चारसय रुपैयाँ क्यान्सर पीडित सुशिलालाई हस्तान्तरण गरिएको छ । शनिबारसम्म संकलन गरिएको रकम जोरायल स्पोर्ट्स क्लबका अध्यक्ष दिपजङ्ग मल्ल मार्फत बिरामीका श्रीमानलाई हस्तान्तरण गरिएको हो ।
क्यान्सर जस्तो जटिल रोगबाट ग्रसित भएपछि उपचार खर्च अभावमा समस्या आउदा आर्थिक सहयोगका लागि अनुरोध गरिएको थियो । सुशिला हाल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर ललितपुरमा उपचारत छन् ।
निम्नस्तर भएको सुशिला परिवारमा उपचारमा समस्या भएको थाहा भएपछि ‘सुशिला मल्ल बचाउ अभियान’ सञ्चालन गरिएको साउदीमा रहेका सामाजिक अभियान्ता चक्र मल्लले बताए । उनले आपत–बिपतमा परेका दीन–दुःखी र जटिल अवस्थाका बिरामीहरुलाई सहयोग गर्दा ठुलो मानविय धर्मको पालन हुने बताए ।
–सहयोगीहरु
१)निरभु सेर्पा काठमाडौं रु. १५००० ।–
२) भानु देउबा रु.१५०००।–
३)मोहन मल्ल डोटी रु. १०,०००।–
४) झलक मल्ल रु. १०,०००।–
५) गणेश मल्ल रु. ५२०९।–
६)दिपेन्द्र धानुक डडेल्धुरा रु. ३१०००।–
७)बहादुर बोहरा रु. ६२००।–
८)रबिन राई गैरा रु. ६२००।–
९)गोकुल गुरुङ गैरा रु. ६२००।–
१०) भिम बहादुर डगौरा धनगढी रु. ३१००।–
११)रमेश गान्धी रु. ३१००।–
१२) तङ्मय इन्डियन रु. ९३००।–
१३)अलखाज बगला रु. १५५०।–
१४)चक्र मल्ल रु. १५५००।–
१५) कुमार ईन्डिया रु. १८६०।–
१६) केशब बिष्ट रु. २०,०००।–
क्यान्सर पिडित सुशिलालाई उपचार सहयोग


