काठमाडौं, साउन २६ (ई-रैवार)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका बिभिन्न १० बिभागलाई पूर्णता दिएका छन् । २०७६ फागुन १७ गते गठन गरिएको केन्द्रीय सदस्यहरु प्रमुख रहेकामध्ये १० बिभागमा आइतबार सदस्यहरु मनोनित गर्दै सभापति देउवाले ती बिभागलाई पूर्णता दिएका हुन् ।
कांग्रेसका अनुसार संगठन बिभाग प्रमुखमा गोपालमान श्रेष्ठ प्रमुख रहेको बिभागमा ४१ जना, हरि नेपाल प्रमुख रहेको शिक्षा बिभागको उपप्रमुखमा शेषनाथ अधिकारी, सचिव कृष्णप्रसाद पौडेलसहित ४० जना, महेन्द्र यादब प्रमुख रहेको यातायात व्यबसायी समन्वय बिभागमा ४१ जना, फरमूल्ला मन्सुर मुस्लिम बिभागमा बाराका परबेज अन्सारीसहित ३८ जना सदस्य छन् ।
यसैगरी, अजयकुमार चौरसिया प्रमुख रहेको तराई मधेश समन्वय बिभागको उपप्रमुखमा श्रीप्रसाद राउत, सचिव रामनारायणप्रसाद कुर्मीसहित ३९ जना, रमेश रिजाल प्रमुख रहेको संघीय मामिला तथा प्रदेश समन्वय बिभागमा ४० जना, अम्बिका बस्नेत प्रमुख रहेको बन, वातावरण तथा बिपद् व्यबस्थापन बिभागमा ३९ जना, आनन्दप्रसाद ढुंगाना प्रमुख रहेको बित्तीय तथा सहकारी संस्था समन्वय बिभागको उपप्रमुखमा गोविन्दबहादुर मल्लसहित ३९ जना सदस्य छन् ।
यसैगरी, अर्जुनप्रसाद जोशी प्रमुख रहेको स्थानीय तह समन्वय बिभागमा ३८ जना, बीरबहादुर बलायर प्रमुख रहेको निर्माण व्यबसायी समन्वय बिभागमा ३९ जना सदस्य छन्। अन्य बिभागलाई पनि सोमबारसम्म पुर्णता दिइने बताइएको छ ।
मोहनबहादुर बस्नेत प्रमुख रहेको खेलकूद, शंकर भण्डाराी प्रमुख रहेको तरुण र इश्वरी न्यौपाने प्रमुख रहेको महिला बिभागले यसअघि नै पूर्णता पाइसकेको छ ।
सभापति देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलसंग सल्लाह गरेर सबै बिभाग एकै पटक गठन गर्ने तयारी गरेको भए पनि पौडल पक्षबाट नाम नआएपछि बिभागीय प्रमुखहरुको घोषणा गरेका थिए । प्रमुखको जिम्म्ेवारी केन्द्रीय सदस्यहरुलाई दिइएको छ । संसद सदस्यहरुको भूमिका संसदमै केन्द्रित गर्ने गरी देउवाले संसद बाहिर रहेका केन्द्रीय सदस्यहरुलाई बिभागको जिम्मेवारी दिएका हुन् ।
आइतबार अबेर राति विस्तार गरिएका विभागको नामावली














