भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्नु – सरकार

भदौ १ गतेदेखि विद्यालयमा भर्ना खोल्नु – सरकार
Spread the love

 

काठमाडौं, साउन २३ (ई-रैवार)

सरकारले शैक्षिक सत्र ०७७ – ०७८ को भर्ना भदौ १ गतेदेखि खोल्न आह्वान गरेको छ । भदौ १ गतेबाट भर्ना खोल्ने निर्णय यसअघि नै गरे पनि कोरोनाका संक्रमित बढ्न थालेपछि निर्णय पुनर्विचार हुनसक्ने चर्चा समेत भइरहेका बेला शिक्षा मन्त्रालयले बिहीबार ७ सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै भर्ना खोल्न भनेको हो ।

​मन्त्रालयले ०७६ को नतिजा प्रकाशन गर्न बाकी रहे प्रकाशन गर्न पनि भनेको छ। त्यसैगरी विद्यालयमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्न, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउन, पाठ्यपुस्तक उपलब्ध गराउन समेत भनेको छ ।