डिउटीमा रहेका स्वास्थ्यकर्मी माथी कुटपिट, कुटपिटमा संलग्न ३ जना प्रहरी नियन्त्रणमा

डिउटीमा रहेका स्वास्थ्यकर्मी माथी कुटपिट, कुटपिटमा संलग्न ३ जना प्रहरी नियन्त्रणमा
Spread the love

बाजुरा, साउन १२ (ई-रैवार) 

बाजुराको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी माथी कुटपिट भएको छ । कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब सिंहराज गिरी माथि आइतवार राति डिउटीमा रहेको समयमा स्थानीय युवाहरुको समूहले कुटपिट गरि गम्भिर घाइते बनाएका हुन ।

बुढिनन्दा नगरपालिका ६ का केसर भाट सहितको टोलीले उनीमाथि सांघातिक आक्रमण गरेको हो । आइतवार राति डिउटीमा रहेको समयमा स्थानीय युवाहरुको समूहले कुटपिट गरि गम्भिर घाइते बनाएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा राजुराज जैशीले राति डिउटीमा रहेको बेला चेकजाँच छ भनेर गिरी भएको ठाँउमा आएर उनी माथि आक्रमण भएको जानकारी दिए । गिरीको दाँया हात भाचिएको छ। उनको थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको प्रमुख जैशीले बताए ।

गिरी माथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले नियन्त्रण लिई सदरमुकाम मार्तडी ल्याउदै गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रबक्ता दान बहादुर रोकायाले बताएका छन ।