बाजुरा, श्रावण ५ (ई-रैवार)
बाजुराको बुढीगंगा नगरपालिकामा बाढीपहिरोका कारण चार गाउ बिस्थापित भएका छन । बुढीगंगा नगरपालिका १ र २ वडाका बस्तीहरु बाढीपहिरोका कारण विस्थापित भएका हुन ।
लगातारको अविरल वर्षाका कारण अधिकांश बस्तीहरु पहिरो र बाढीको उच्च जोखिममा रहेको बुढीगंगा नगरपालिका २ का वडाध्यक्ष हिरालाल थापाले बताए ।
बाजुरामा अविरल वर्षाका कारण गोरेटो बाटो हुदै पक्की सडक र ग्रामिण सडक समेत अवरुद्ध बनेका छन ।
बुढीगंगा नगरपालिका–१ मा पर्ने कुँडी, अम्कोट र २ वडामा पर्ने बजेडी,नडाङ्ग,मुस्तोला र ताप्रीसेरा लगायतका बस्तीहरु पुर्णरुपमा विस्थापित भएको वडाध्यक्ष थापाले बताएका छन ।

आइतबार आएको अविरल वर्षातले नडाङ्ग खेतकोटबाट बग्ने पानीमुल र ठाडो खोलाबाट मिसिएको घट्टेखोलाको बाढीले सोही २ वडाको ताप्रीसेरामा मुसी, खर्रा र ताँप्रीसेराका खेति योग्य जमीन बगरमा परिणत भएको समेत बुढीगंगा नगरपालिका–२ का वडाध्यक्ष थापाले बताए ।
गएराति आएको अविरल वर्षाका कारण बजेडीका ६ परिवारका घर माथिबाट पहिरो आएपछि चर्केका छन स्थानीय खडकराज जोशीले भने – अहिले छिमेकीको घरमा सरेको छन । पहिरोले पुरैगाउ जोखिममा रहेको छ ।
त्येसै गरी सोही वडाको नडाङ्गका १० परिवारका घर चर्कीय पछि शिवशंकर प्राथमिक विद्यालयमा बसेका छन जोशीले भने – घरमाथिबाट पहिरो आएपछि स्थानीयहरु त्रसित बनेका छन । अविरल वर्षाका कारण बाढी र पहिरोले वितण्डा मच्चाएको छ । खेती लगाएको जमिन बगाउनुका साथै खेत समेत पहिरोले पुरिएकोे छ ।
बुढीगंगा नगरपालिकामा ठुलो क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताएका छन । उनले बाढी पहिरो क्षेत्रमा प्रहरी सहित उद्घार टोली गइसकेको बताए ।


