नेपालमा आज २७६८ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

Spread the love

काठमाडौं, असार ४ (ई-रैवार)

नेपालमा आज थप २७६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ३७ जनाको पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शुक्रबार विभिन्न जिल्लामा गरिएको ७ हजार ५६९ पीसीआर परीक्षणमा १ हजार ९६३ जनामा कोरोना पुष्टि भएको छ ।  यसैगरी, ५ हजार ४६८ एन्टिजेन परीक्षणमा ८०५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसर सबैभन्दा धेरै काठमाडौंमा ३९४, बागलुङमा २६२, कास्कीमा १२२, झापामा १२१, मोरङमा ११८ र नुवाकोटमा ७४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सुनसरीमा ६७, लमजुङमा ६१, ललितपुरमा ६०, भक्तपुरमा ५४, मकवानपुर र पर्वतमा ४८/४८ जना, काभ्रेपलाञ्चोकमा ४३, बर्दियामा ४० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सर्लाही, धादिङमा ३०/३० जना, दाङमा २९, जुम्लामा २३, स्याङजामा २२, रौतहटमा १९, धनुषामा १७, सिन्धुलीमा १६,नवलपरासी पूर्वमा १४, सिरहमा १३, सप्तरीमा १२, खोटाङ, महोत्तरी, बाँके र रूपन्देहीमा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

धनकुटा र तनहुँमा ९/९ जना, अछाम र कैलालीमा ८/८ जना,दैलेखमा ७,बारा, कपिलवस्तु, डडेलधुरामा ६ जना, भोजपुर, पर्सा, म्याग्दी, मुगु र डोटीमा ५, इलाम, उदयपुर, नवलपरासी पश्चिम र कञ्चनपुरमा ४/४ जना, संखुवासभा, सिन्धुपाल्चोक, गोरखा, पाल्पामा ३/३ जना, ताप्लेजुङ, तेह्रथुम, रामेछाप, प्‍युठान र सल्‍यानमा २/२ जना, ओखलढुंगा, पाँचथर, दोलखा, रसुवा, जाजरकोट र बैतडीमा १/१ जना कोरोना संक्रमित थपिएको छ ।

यस्तै १० वर्ष मुनिका ६८ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १७६ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन् ।  योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९ हजार ६२४ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप ४४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ६४१ पुगेको छ ।