बाजुरा, श्रावण ५ (ई-रैवार)
बाढीले बाजुराको साफे – मार्तडी सडकको पक्की पुल बगाएको छ । लगातारको अविरल वर्षाका कारण जिल्लाको ठाउ ठाउँमा वाढीपहिरो जानुका साथै जनजिवन प्रभावित बनेको छ ।
आइतबार राति आएको वर्षाका बुढीगंगा नगरपालिका–२ मा पर्ने घट्टेखोलाको बाढीले साँफे –मार्तडी राजमार्ग सडक खण्डमा पर्ने ताप्रीसेराको पक्की पुल बगाएको स्थानीयले वताएका छन । बाढीले पक्की पुल बगाएपछि सवारी साधनको आवत जावत समेत बन्द भएको छ ।
घट्टेखोला आसपासमा रहेको एक सय रोपनी जग्गामा रोपिएको धान समेत बगाएर लिएको स्थानिय आशा थापाले दिएकी छन ।
आइतबार राति आएको अविरल वर्षाले साँफे – मार्तडी राजमार्ग ठाउँ ठाउँमा पहिरो आएकाले सोमबारबाट पुर्ण रुपमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराइले बताएका छन ।
सवारी साधन संगै साफे – मार्तडी सडकको ठाँउ ठाउँमा पहिरो आएर पुल संगै अमकोटमा पहिरो कारण दुई हप्तादेखी सडक अवरूद्ध भएको छ ।


