डोटी जेठ २१(ई-रैवार)
डोटी जिल्ला अस्पताल सिलगढीमै आठहजारमा एपेन्डिसाईटिसको अप्रेशन सफल भएको छ ।
बुधबार पुर्वीचौकी गाउपालिका-५ का २० बर्षिय युवा शंकर कठायतको एपेन्डिसाईटिसको अप्रेशन भएको हो । अस्पतालमा कार्यरत एमडिजिपी डाक्टर प्रमोद भट्टको टीमले उक्त सल्यक्रिया गरेको हो ।
जिल्ला अस्पतालमै जिल्ला बाहिर जाँदा ५० हजार रकम खर्च गर्नु पर्ने हुन्थ्यो तर यहाँ ८ हजारमै एपेण्डीसाईटिसको सफल अपरेसन सम्पन्न ।


