एकैदिन २४ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १३४ पुग्यो

एकैदिन २४ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १३४ पुग्यो
Spread the love

काठमाडौं वैशाख २९(ई-रैवार)

नेपालमा सोमवार एकैदिन २४ जना नयाँ नोवेल कोरोनाभाईरस(कोभिड-१९) संक्रमित फेला परेका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या एक सय ३४ पुगेको छ ।

सोमबार साँझ तराईका तीन जिल्लामा गरी १३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा कपिलबस्तुवाट ६ जना र  रुपेन्देहीमा ६ र बर्दियामा १ जना रहेका छन् ।

यसअघि सोमवार बिहानै कपिलवस्तुका १० जनामा कोरोना संक्रमित पुष्टी भएका थिए भने दिउसो सप्तरीका एकजनामा संक्रमण भएको मन्त्रालयले जनाएको थियो ।