काठमाण्डौं वैशाख २०(ई-रैवार)
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरू भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अपरान्ह सुरू भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी सँगसँगै राखिएको छ।
प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएसँगै दुवै अध्यक्षको कुर्सी सँगसँगै थियो। तर केही समयदेखि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भिन्न बस्दै आएका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय बैठक सुरू भएको जानकारी दिए। उनले फेसबुकमा सचिवालय बैठकको तस्बिर राख्दै नयाँ बसाइको व्यवस्थापनका साथ भन्ने उल्लेख गरेका छन्।
बल्ल प्रचण्डको कुर्सी ओलीसँगै


