डेढ घण्टा बसे बाबुराम-उपेन्द्र, प्रहरीले जाहेरी लिएन

डेढ घण्टा बसे बाबुराम-उपेन्द्र, प्रहरीले जाहेरी लिएन
Spread the love

काठमाण्डौं वैशाख १४(ई-रैवार)
सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी दिन जनता समाजवादी पार्टीका नेताहरु आईतबार महानगरीय प्रहरी परिसर टेकु पुगे । जसमा तत्कालीन समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, तत्कालीन राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, नेतृ हिसिला यमी लगायतका नेताहरु टेकु पुगेका थिए ।
उनीहरु कपरब डेढ घण्टा प्रहरी रिसरमा बसिरहे । तर प्रहरीले भने जाहेरी नलिई फर्कादियो । जनता समाजवादी पार्टीका महासचिव केशव झाले डेढ घण्टादेखि कुरेर बसेको तर प्रहरीले जाहेरी लिन नमानेको बताए ।
पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै प्रहरीमा जाहेरी दिन नेताहरु गएका थिए । खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए । पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गरेका छन् ।
समाजवादी फुटाउने योजनासहित जनकपुरबाट काठमाडौं ल्याइएका सांसद यादवलाई बुधबार राति मेरियट होटलमा राखिएको थियो। तर बिहीबार बिहान उनी उक्त होटलबाट फुत्किएका थिए ।