हार्बिन । चिनियाँ उत्तर-पश्चिमी प्रान्त हेयलोजियाङको राजधानी हार्बिनमा मानिसहरुलाई भेला हुन प्रतिबन्ध लगाइएको छ ।
नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मानिसहरुलाई सार्वजनिकस्थलमा भेला हुन प्रतिबन्ध लगाइएको छ । चिनियाँ नेसनल हेल्थ कमिसनका अनुसार मंगलबार उक्त प्रान्तमा सात जनामा कोरोनाको स्थानीय संक्रमण भएको पुष्टि गरिएको थियो ।
सातजनालाई एकैदिन कोरोना पुष्टि भएपछि हार्बिनमा सामाजिक दूरी कायम गर्ने र अन्य प्रतिबन्धहरु जारी गरिएका हुन् ।
एक करोडभन्दा बढी जनसंख्या भएको हार्बिन सरहमा मानिसहरुलाई सार्वजनिक स्थानमा जम्मा हुन प्रतिबन्ध लगाइएको हो । हालसम्म हेयलोजियाङ प्रान्तमा ५४ जनाका कोरोना संक्रमण भएको र जसमध्ये ५२ जना हार्बिन सहरका भएको बताइएको छ ।
रुसी सीमामा रहेको उत्तरपश्चिमी सहर सुइफ्नेबाट ४८० किलोमिटरमा हार्बिन सहर पर्छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि रुस-चीनबीचको सीमा बन्द गरिएको छ । चीनमा हालसम्म कोरोनाबाट ८२ हजार ७८८ संक्रमित भएका छन् भने चार हजार ६३२ जनाको मृत्यु भएको छ । -सीएनएन


