डोटी चैत्र २९(ई-रैवार)
डोटीमा द्रुतपरिक्षण किटमार्फत नोवेल कोरोनाभाईरस(कोभिड–१९)को परिक्षण गरिएका दुईसय ४० जनाको नतिजा नेगेटिभ आएको छ । जिल्लाका क्वारेन्टाईनमा रहेकाहरुमा शुक्रबार र शनीबार द्रुतपरिक्षण किटमार्फत नमुना परिक्षण गरिएको थियो । जसमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनका अनुसार शुक्रबार दुईसय १३ जना र आज २७ जनामा परिक्षण गरिएको थियो ।
स्थानीय तहअनुसार आदर्श गाउँपालिकामा २५ जना, बडीकेदार गाउँपालिकामा ६३ जना, सायल गाउँपालिकामा २५ जना, बोगटान गाउँपालिकामा एक सय जनामा हिजो परिक्षण गरिएको थियो ।
आज दिपायल सिलगढी नगरपालिकामा २६ जना र सायल गाउँपालिकामा एक जनाको द्रुतपरिक्षण किट मार्फत कोभिड–१९ को संक्रमण परिक्षण गरिएको हो ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले बिहिबार जिल्लाका सबै स्थानीय तहका क्वारेन्टाईनमा रहेका तीन सय पाँच जना र अन्य २५ जना गरी तीनसय ३० जनाको स्वाब संकलन गरेको छ । उनीहरुको नतिजा आउन भने बाँकी छ ।
डोटीमा दुई सय ४० जनामा कोभिड–१९ नेगेटिभ


