कोरोनाको लक्षण देखिएपछि धनगढीका संक्रमितकी भाउजु अस्पतालमा भर्ना

कोरोनाको लक्षण देखिएपछि धनगढीका संक्रमितकी भाउजु अस्पतालमा भर्ना
Spread the love

धनगढी चेत्र २२(ई-रैवार)

धनगढीमा उपचाररत नोवेल कोरोनाभाईरस(कोभिड-१९) संक्रमित युवककी भाउजुलाई पनि आईसोलेसन वार्डमा भर्ना गरिएको छ। कोरोना भाईरसका सम्भावित लक्षण देखिएपछि उनकी भाउजुलाई शनिवार सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स मार्फत घरबाट ल्याएर आईसोलेसन वार्डमा भर्ना गरिएको हो।
अस्पतालका आकस्मीक विभाग प्रमुख डाक्टर जगदिश जोशीले युवककी भाउजुलाई आईसोलेन वार्डमा राखिएको बताए। जोशीका अनुसार ती महिला सहित संक्रमितका परिवारका सदस्यको रिपोर्ट शनिवारै आउने सम्भावना छ।
३४ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएपछि परिवारका १० जना सदस्यको नमूना संकलन गरिएको थियो।
उनीहरुलाई तीन दिन धनगढी रंगशालाको क्वारेन्टाईनमा राखिएको थियो भने सुरुमा नमूना समेत संकलन नगरी घर पठाईएको थियो। घर पठाएको दोश्रो दिन अस्पतालमा ल्याएर १० जनाको स्वाव संकलन गरिएको थियो।