कञ्चनपुर चैत्र २२(ई-रैवार)
शनिवार नोवेल कोरोना भाईरस(कोभिड-१९)को संक्रमण पुष्टी भएका कञ्चनपुरका संक्रमित लुकिछिपि नेपाल प्रवेश गरेको खुलेको छ।
भारतको उत्तराखण्डबाट फर्किएका ती ४१ वर्षीय पुरूष वेदकोटका हुन् । भारतको उत्तराखण्डको चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँमा कार्यरत थिए । नेपालका सीमानाका बन्दभएपछि पैदलै हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेको बताईएको छ ।
अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउगरी भीमदत्त नगरपालिका–९ मटैनास्थित गडाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। त्यसपछि सशस्त्र प्रहरीले उनीलाई गड्डाचौकीबाट बेदकोट गाउँपालिका–९ लालपुर गाडीमा हालेर पठाएको थियो। उनीलाई बेदकोट नगरपालिकाले सुन्दरपुर क्वारेन्टाइनमा राखेको थियो। त्यसै दिन राति उनीसँगै अन्य ९ जनालाई सुन्दरपुरमा रहेको क्वारेन्टाइनमा राखेर खाना खुवाएको पाइएको छ।
अवैध बाटोमार्फत नेपाल आएको खबर थाहा पाउनेबित्तिकै नेपाली सेनाको मेडिकल टिमले उनको थ्रोट स्वाव परीक्षणका लागि लगेको थियो। र शनिबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।
अहिले उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
महाकाली ट्युबबाट तरेर आएका थिए कञ्चनपुरका संक्रमित


