काठमाडौं फागुन २८(ई-रैवार)
सरकारले विप्लव नेतृत्वको नेकपाको गतिविधिमाथि प्रतिबन्ध लगाएको एक वर्ष पुगेको छ ।
२०७५ साल फागुन २८ गते लगाइको प्रतिबन्ध अहिले पनि जारी छ ।
प्रतिबन्ध लगाएकै बेला तीन महिनाभित्रै विप्लव समुहलाई पूर्ण नियन्त्रणमा लिने सरकारले जनाएको थियो ।
तर उसका गतिविधि अहिले पनि जारी छ । सांगठिन रुपमा कमजोर बनेपनि आफ्ना गतिविधि भने जारी राखेको छ ।
यसबीचमा उसका एक हजार भन्दा बढी नेता कार्यकर्ता पक्राउ परेका छन् । ९ जना नेता कार्यकर्ताको मृत्यु भएको छ ।
६ जना आफैले बोकेको बम बनाउने क्रममा विस्फोट भएको प्रहरीको दाबी छ । ९ सय ७३ जनाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
यसबीचमा सरकार र विप्लव समुहबीच वार्ताको प्रयास भएपनि दुवै पक्ष आ आफ्ना अडानमा रहेका कारण वार्ता हुन सकेको छैन ।
सरकारले बिना शर्त वार्तामा बस्नु पर्ने अडान राखेको छ भने आफूमाथि लागेको प्रतिबन्ध हटाउनुपर्ने, वार्ताका लागि पत्र पठाउनु पर्ने र एजेन्डा बनाएर मात्रै वार्ता हुनु पर्ने विप्लव समुहको शर्त छ ।
विप्लव नेकपा प्रतिबन्धको बर्षदिन पुरा


