एकजना बृद्ध मृत फेला

एकजना बृद्ध मृत फेला
Spread the love

डडेल्धुरा मंसिर १९(ई-रैवार)
डडेल्धुराको परशुराम नगरपालिका–१२ जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन। मृत अवस्थामा फेला पर्नेमा आलिताल गाउँपालिका–७ मेलगाँजाका ७२ वर्षीय उदय कामी रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।
विहिबार दिउँसो उनको शव घाँस काट्ने महिलाहरुले फेला पारेका इप्रका प्रमुख प्रहरी निरिक्षक जनक बहादुर मल्लले बताए। डोटीको दानकोट पुर्ख्यौली घर भएका मृतक कामी विगत २० दिन देखि हराईरहेका थिए। उनी विगत १ वर्षदेखि मानसिक सन्तुलन गुमाएर फिरन्ते जीवन बिताइरहेका बताइएको छ।