एमसीसी ३६४ मा अलआउट

एमसीसी ३६४ मा अलआउट
Spread the love

काठमाडौँ कार्तिक २१(ई-रैवार)
नेपालसँगको तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० तीन सय ६४ रनमा अलआउट भएको छ । अघिल्लो दिनको स्कोर ६ विकेट ३ सय ११ रनबाट खेल्न सुरु गरेको ईङ्गलीस टोली एमसीसीले ५३ रन जोडेर अलआउट भएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दोस्रो दिनको खेलमा पाकिस्तानका पूर्व टेस्ट खेलाडी यासिर अराफत ६५ रनमा अविजित रहे। करण केसीले ३ विकेट लिए। बिहानको सत्रमा पहिलो दुई विकेट पनि करण केसीले लिएका थिए। उनले एलेक्स थम्सनलाई ३० रनमा विकेटकिपर राजु रिजालबाट एक हाते उत्कृष्ट क्याच गराए भने एलेक्स स्पेन्सरलाई शुन्यमा एलबीडब्लु आउट गरे।
अघिल्लो दुई विकेट लिएका सन्दीप लामिछानेले क्रिस राइटलाई ४ रनमा एलबीडब्लु आउट गरे। ओलिभर हेनोन डल्बी १० रन बनाई करणको योर्कर बलमा बोल्ड भए। एमसीसी १ सय १ ओभर खेल्दै अलआउट भएको हो।
नेपालले टस जितेपछि ब्याटिङमा आएको एमसीसीबाट अघिल्लो दिन बिलि रोड्स ७३, माइल्स हेमोन्ड ५२ र विल भान्डेरस्पार ५३ रन बनाई आउट भएका थिए। एमसीसीसँग खेल्दै नेपालले आधिकारिक तीनदिवसीय खेलमा पुनरागमन गरेको हो।