सम्बन्ध जोड्ने भन्दा तोड्ने को कमी छैन यहाँ
मुख मा राम राम बोकी छाती मा छुरा घोप्ने को कमी छैन यहाँ
अरुले तपाईं भनेस नभनोस आफुलाई मपाइ मान्ने को कमी छैन यहाँ
अगाडि हुँदा चिल्ला चाप्ला कुरा गरी पछी हुँदा मुन्टो बाटर्ने को कमी छैन यहाँ
ज्युदै हुँदा पनि लाश सम्झी जलाउने हरु को कमी छैन यहाँ
खोइ कस्लाई आफ्नो भनु पाइला पाइला मा जाल बुन्ने को कमी छैन यहाँ


