राष्ट्रपतिद्वारा बजेट सम्बन्धी तीन अध्यादेश जारी, बजेट प्रस्तुत गर्ने बाटो खुल्यो

राष्ट्रपतिद्वारा बजेट सम्बन्धी तीन अध्यादेश जारी, बजेट प्रस्तुत गर्ने बाटो खुल्यो
Spread the love

काठमाडौँ, जेठ १५ (ई-रैवार) 

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशहरु जारी गरेकी छन् । राष्ट्रपतिले भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्‍यादेश, २०७८, विनियोजन अध्‍यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्‍यादेश २०७८ जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरेकी हुन् । संसद् अधिवेशन चालु नरहेकाले अध्यादेशमार्फत बजेट ल्याउन लागिएको छ ।

योसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुलेको छ । केहीबेरमा अर्थमन्त्री विष्णु पौडेलले अध्‍यादेशमार्फत् आएको बजेट अपराह्न ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट सार्वजनिक गर्नेछन् ।

जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताअनुसार कामचलाउ सरकार भए पनि पूर्ण आकारको बजेट ल्याउन बाध्य भएको अधिकारीहरू बताउँछन् ।