एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने

Spread the love

काठमाडौं : माध्यामिक शिक्षा परीक्षा (एसईई) ९ वैशाखबाट सुरु हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

परीक्षाको समयतालिका भने भोलि गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यसअघि ३० वैशाखमा स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको हो ।