८ जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० नाघ्यो

Spread the love

काठमाडौं : नेपालका ८ जिल्लामा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० नाघेको छ । चितवन र कैलालीमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० नाघेको पछि ८ जिल्ला पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ र सुनसरीमा मात्र सक्रिय संक्रमितको संख्या ५०० नाघेको थियो । योसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ८ पुगेको छ ।

काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या ९०६१ रहेको छ । ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ जना रहेका छन् ।

त्यस्तै झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासी पूर्व, बाँके र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २०० नाघेको छ ।