डडेल्धुरा मंसिर १४(ई-रैवार)
नेपाली कांग्रेसको विवादित डडेल्धुरा अधिवेशनले बैधता पाएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेलधुरामा भएको वडादेखि जिल्ला तहसम्मको सबै निर्वाचन प्रक्रियालाई वैधानिकता दिएको हो ।
निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले डडेल्धुराको अधिवेशनलाई बैधता दिने निर्णय गरेको छ ।

तत्कालीन जिल्ला सभापति कर्णबहादुर मल्लसहितको उजुरीमाथि छानविन गर्दै पुनः निर्वाचन गर्न नपर्ने ठहर गर्दै सम्पन्न अधिवेशन बैधानिक ढंगबाट भएकोे निष्कर्श निकालेको छ । बहुमतको सो निर्णयमा निर्वाचन समितिका सदस्य सीताराम केसीले भने लिखितरूपमा फरक मत राखेका छन्। उनले निर्वाचन अधिकृतले नै धाँधली गरेको भन्दै डडेलधुराको निर्वाचनलाई वैधानिकता दिन नमिल्ने राय लेखेका छन्।
जिल्लामा पुनः निर्वाचनको माग गर्दै केन्द्रीय कार्यालयमा अनसन चलिरहेको छ।
रामचन्द्र पौडेल, शेखर कोइरालालगायतका नेताहरूले डडेलधुराको निर्वाचनलाई मान्यता नदिने भन्दै पुनः निर्वाचन हुनुपर्ने बताइरहेका छन् ।


