काठमाडौं, कात्तिक २० (ई-रैवार)
भारतको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । महाराष्ट्र राज्यको एक सरकारी अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको हो ।
आईसीयू वार्डमा आगलागी हुँदा वार्डमा उपचाररत कोरोनाका गम्भीर बिरामीको मृत्यु भएको एनआईलाई उद्रीत गर्दै बीबीसीले जनाएको छ ।
अहमदनगरका कलेक्टर राजेन्द्र भोसका अनुसार ६ जना घाइते भएका छन्। सट सर्किटका कारण आगो लागेको प्रहरीले जनाएको छ। कोरोना वार्डमा २५ जना बिरामी भर्ना भएका थिए। तीमध्य ९ जनाको अवस्था सामान्य छ।
अस्पतालको हालसालै निर्मित आइसियु वार्डमा आगो लागेको हो। उक्त वार्डमा कोरोनाका बिरामी राख्ने गरिएका थियो। अस्पतालको फायर सेफ्टीमा रहेको कमजोरीका कारण आगलागीले विध्वंसात्मक रुप लिएको अनुमान गरिएको छ।
फायर सेफ्टीको जाँच गराएकोरनगराएका विषयमा जाँच गरिने र दोषी पाइए कारबाही गरिने बताइएको छ। मृतकका परिवारलाई क्षतिपूर्ति दिइने बताइएको छ।


