अछाम, कात्तिक १५ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको हो ।
वायुसेवा निगमले अछाम-धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो । अब भाडादर २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी-अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताएका छन् ।
यसअघि अछाम(धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियो । नयाँ भाडादर आज सोमबारबाट लागू हुने कुँवरले बताए ।
समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम रहेको छ ।


