एमालेका जनप्रतिनिधिको राष्ट्रिय भेला काठमाडौँमा, चुनावी रणनीति तय गर्ने

Spread the love

काठमाडौँ, असोज १८  (ई-रैवार)

नेकपा एमालेले आज काठमाडौँमा जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गरेको छ । पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तयगर्ने गरी काठमाडौँमा जनप्रतिनिधिको राष्ट्रिय भेला आयोजना गरेको हो ।

राष्ट्रियसभा गृहमा आज दिनभर चल्ने भेलाले पार्टी विभाजनपछिको समीक्षाका साथै आगामी चुनावी रणनीति तय हुने एमाले स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहालले जानकारी दिएका हुन ।

भेलामा देशभर एमालेबाट जितेका ६२७ पालिकाका प्रमुख, उपप्रमुख तथा ७३ जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख सहभागी हुने बताइएको छ ।

पार्टी विभाजनपछि स्थानीय तहमा पार्टीको अवस्था र अब लिनु पर्ने रणनीतिका बारेमा सहभागीहरुले रिर्पोटिङ गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सम्बोधन गर्ने नीय तह विभाग प्रमुख दाहालले जानकारी दिए ।