काठमाडौं, साउन २३ (ई-रैवार)
माध्यमिक शिक्षा परीक्षा (एसईईई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा बोर्डले नतिजा प्रकाशित गरेको हो । एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।
नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।
त्यसैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, बाट पनि नतिजा थाहा पाउन सकिने बोर्डले जनाएको छ ।
त्यस्तै www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट पनि नतिजा थाहा पाउन सकिनेछ । देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।


