धनगढी, साउन २३ (ई-रैवार)
नेपालमा शनिबार थप ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा ३२१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १७२२ रहेको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय ३२ रहेको छ। नेपालमा कोराना संक्रमितको संख्या ७ लाख १२ हजार ७४० जना पुगेको छ । तीमध्ये ६ लाख ६७ हजार २७० जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ पुगेको छ ।
जसमध्ये ३२ हजार २७ जना होम आइसोलेसनमा र ३ हजार ४०५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण १० हजार ३८ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । योसहित निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।


