काठमाडौं, असार ३१ (ई–रैवार)
आज दोस्रो मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो ।
सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिउँसो २ बजे सिंहदरबारमा बैठक बस्ने जानकारी दिएका हुन ।
बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बताइएको छ । यसअघि, सरकार गठन भएको दिन गएको मंगलबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।


