माओवादी अध्यक्ष प्रचण्ड दौडधुपमा : एमाले नेता नेपाललाई भेटेर बूढानीलकण्ठ पुगे

माओवादी अध्यक्ष प्रचण्ड दौडधुपमा : एमाले नेता नेपाललाई भेटेर बूढानीलकण्ठ पुगे
Spread the love

काठमाडौं, असार २६ (ई–रैवार)

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज निकै दौडधुप भयो । एमाले विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरुले आज सहमति हुने भनेपनि अध्यक्ष प्रचण्डको शनिवार निकै दौडधुप भएको हो ।

अध्यक्ष प्रचण्ड एमालेका नेता माधवकुमार नेपाललाई उनको निवास कोटेश्वर भेटेर बूढानीलकण्ठ पुगे । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष प्रचण्ड बीच भेटवार्ता भएको छ ।

देउवा र प्रचण्डबीच शनिबार दिउँसो सवा ३ देखि अपराह्न ४ बजेसम्म करिब ४५ मिनेट भेटवार्ता भएको बूढानीलकण्ठ स्रोतले जानकारी दियो । देउवालाई भेट्न प्रचण्ड उनको निवास बूढानीलकण्ठ पुगेका हुन ।

यसअघि, शनिबारै प्रचण्ड नेकपा (एमाले) का नेता माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । त्यहाँ प्रचण्ड र नेपालबीच केही बेर छलफल भएको थियो ।

एमालेको अन्तरिक विवाद समाधानमा नेताहरु सक्रिय रहेका बेला प्रचण्डले देउवा र नेपालसित छलफल गरेका हुन् । भेटवार्तामा के छलफल भयो त्यसबारे भने केही जानकारी गरिएको छैन । यी तीन नेताहरु विपक्षी पाँचदलीय गठबन्धनमा सहकार्य गरेर अघि बढेका छन् ।