प्रधानमन्त्री ओलीले गरे फेरी मन्त्रिपरिषद् विस्तार, आजै नयाँ मन्त्रीको शपथ (नामावलीसहित)

प्रधानमन्त्री ओलीले गरे फेरी मन्त्रिपरिषद् विस्तार, आजै नयाँ मन्त्रीको शपथ (नामावलीसहित)
k|wfgdGqL cf]nL–;Daf]wg sf7df8f}F, ! j}zfv M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ gofF jif{ @)&* sf cj;/df /fi6«sf gfddf ;Daf]wg ug{'x'Fb} . k|wfgdGqL cf]nLn] l;+xb/l:yt k|wfgdGqL sfof{noaf6 b]z tyf ljb]zdf /xg'ePsf ;Dk"0f{ g]kfnLx?sf] ;'v, zflGt / ;d[l4sf] sfd ug{'eof] . t:jL/ M /f]zg ;fksf]6÷/f;;
Spread the love

काठमाडौं, जेठ २७ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दैछन् । प्रधानमन्त्री ओलीले आज सात मन्त्री र एक राज्यमन्त्रीलाई शथप ग्रहण गराउन लागेको हुन ।

यसअघि प्रधानमन्त्री ओलीले सात वटा मन्त्रालय आफैले राखेर १७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । प्रधानमन्त्री ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनर्गठन गरेर पूर्णता दिन लागेका हुन् । आज त्यसलाई विस्तार गर्दै पूर्णता दिन लागेको एमाले नेताहरुले बताएका छन । प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मन्त्रिपरिषदमा थपिन लागेका सदस्यहरुबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री बनाउने भएका छन् ।  कैलालीका नारदमुनि राना वनमन्त्री, मोहन बानियाँ विनाविभागीय र पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छिन् ।

त्यसैगरी ज्वाला कुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्रीमा बन्ने भएका छन् ।

मन्त्री बन्न लागेकी ज्वाला साह प्रदेश २ बाट माओवादी छाडेर एमाले आएकी नेतृ हुन् । पहाडी एमालेको माधव नेपाल छाडेर भर्खरै ओली खेमामा गएका सिन्धुलीका नेता हुन् । यस्तै रानाले प्रतिनिधिसभा निर्वाचनमा आरजु राणालाई हराएका थिए । उनीहरुले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।