पूर्व मन्त्री साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाए

Spread the love

कञ्चनपुर, जेठ १९ (ई-रैवार) 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाएका छन् । बुधबार पूर्वमन्त्री साउँदले आफ्ना स्वकीय सचिव दिपक जोशी मार्फत  गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री पठाएका हुन् ।

आफैँ कोरोना संक्रमित भई हाल होम आइसोलेसनमा  रहेका पूर्वमन्त्री साउँदले पठाएका स्वास्थ्य सामाग्री कञ्चनपुरका कृष्णपुर,शुक्लाफाँटा र बेदकोट नगरपालिकालाई हस्तान्त्ररण गरिएको  पूर्वमन्त्री साउँदका स्वकीय सचिव जोशीले बताए ।

पूर्वमन्त्री साउँदले २५ थान बेड,२५ थान पङखा,३ हजार माक्स लगाएतका स्वास्थ्य सामाग्री जिल्ला स्थित कृष्णपुर,बेदकोट र शुक्लाफाँटा नगरपालिकालाई हस्तान्त्ररण गरिएको जोशीले बताए ।

विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण न्यूनिकरण तथा विरामीको उपचारमा केही सहयोग होस् भन्ने उद्देश्यले पूर्वमन्त्री साउँदले उक्त स्वास्थ्य सामाग्री सहयोग गरेका जनाइएको छ ।