प्रधानमन्त्रीद्वारा आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन

Spread the love

काठमाडौं, जेठ ८ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई निर्वाचन गराउन तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटारमा बोलाएर घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर प्रधानमन्त्री ओलीले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट पारेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिशमा हिजो राति दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी छन् । निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग छलफल गरेका हुन ।