काठमाडौं, जेठ ८ (ई-रैवार)
प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनको संयुक्त बैठक नयाँ बानेश्वरमा बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको घोषणा गरेपछि विपक्षी गठबन्धनको संयुक्त बैठक आज विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष राष्ट्रिय जनमोर्चा सहभागितामा ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीको गतिविधि र राष्ट्रपतिको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै आगामी रणनीति बनाउन विपक्षी गठबन्धन बैठक बस्न लागेको प्रमुख सचेतक खाणको भनाइ छ ।
कांग्रेसको पदाधिकारीहरुको बैठक साढे ९ बजे देखी देउवा निवास बूढानीलकण्ठमा बसिरहेको छ । बैठकमा सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने बिषयमा छलफल भैरहेको नेताहरुले बताएका छन ।
सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरुसँग बैठकपछि विपक्षी दलका नेतासँग पनि छलफल गर्ने बताएका छन ।


