काठमाडौं, जेठ ७ (ई-रैवार)
प्रधानमन्त्री केपी ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज (शुक्रबार) अपराह्न साढे १२ बजे अकास्मात पत्रकार सम्मेलन गर्न लागेका हुन्।
बिहीबार राति राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आह्वान गरेसँगै त्यसलाई लिएर विपक्षीले चर्को आलोचना गरिरहेको बेला अकास्मात ओलीले पत्रकार सम्मेलन बोलाएका हुन् ।
पत्रकार सम्मेलन साढे १२ बजेका लागि तय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले पत्रकार सम्मेलनको विषय भने खुलाएनन् । राष्ट्रपतिले विश्वासको मत पुर्याउन दिएको समय ६ घण्टा पनि बाँकी नहुँदा प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्न लागेका हुन्।


