काठमाडौँ, वैशाख ३१ (ई-रैवार)
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सपथ ग्रहण गराएकी छन्। प्रधानमन्त्री ओलीले शुक्रबार देश र जनताका नाममा सपथ लिएका हुन्।
शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो । राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
यसअघि वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए। तर, वैकल्पिक सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको समयसीमाभित्र कांग्रेस–माओवादी लगायत दलले वैकल्पिक सरकार दिन नसकेपछि ठूलो दलको हैसियतमा ओली पुनः मुलुकमा दुई तिहाईबाट अल्पमतको प्रधानमन्त्री बनेका हुन्। यो सँगै केपी शर्मा ओली मुलुकको ४२ औं प्रधानमन्त्री भएका छन्।
नवगठित मन्त्रिपरिषद्मा यसअघिको क्याबिनेटकै मन्त्रीहरु दोहोरिएका छन् । प्रधानमन्त्री ओलीले यसअघि आफ्नो क्याबीनेटमा रहेका सबै मन्त्रीलाई पुन: नियुक्ति गरेका छन्। प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको सपथ लिएसँगै मन्त्रिपरिषद् गठन गरेका हुन्।
प्रधानमन्त्री ओलीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्।

को को बने मन्त्री ?



