बडीकेदार गाउँपालिकामै कोरोना संक्रमितको उपचार हुँदै

बडीकेदार गाउँपालिकामै कोरोना संक्रमितको उपचार हुँदै
Spread the love

डोटी, वैशाख २८ (ई-रैवार) 

बडीकेदार गाउँपालिकामा कोरोना संक्रमितको उपचार भइरहेको छ। डोटीको बडीकेदार गाउँपालिकामै गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालले सोमबारबाट उपचार सुरु गरेको हो।

अस्थायी कोभिड अस्पतालमा एमबीबीएस डाक्टर सहित आइसोलेसन कक्षमा १० वटा बेडको व्यवस्था गरिएको गाउपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।

गाउपालिकाका अध्यक्ष चन्दका अनुसार कोभिड अस्पतालमा १० वटै बेडमा अक्सिजन समेत व्यवस्था गरिएको छ। संक्रमितको उपचारमा एमबीबीएस डाक्टर सुरज श्रेष्ठसहितको टिम खटिएको छ।

अहिले कोभिड अस्पतालमा मेडिकल अधिकृतसहित एकजना हेल्थ एसिसटेन्ट, एकजना अनमी, एकजना सिएमए र एक जना कार्यालय सहयोग कार्यरत रहेको उनले बताए।

डाक्टर सुरज श्रेष्ठले अहिले अस्पतालमा एकजना कोरोना संक्रमितको उपचार भइरहेको बताए।